आज सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो ३७ सय रुपैयाँले
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच हुँदैछ।