नेपाली बजारमा आज बैशाख ६ गते आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार यसको कारोबार २ लाख ९९ हजार ८०० रुपैयाँमा भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा ९५ रुपैयाँको बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ५ हजार २२५ रुपैयाँ पुगेको छ।


प्रतिकृया