गोदावरी स्टिलले आईपीओ जारी गर्ने, बोलायो वार्षिक साधारणसभा



Advertisement
Ads

गोदावरी स्टिल लिमिटेडले आईपीओ प्रस्ताव सहित आगामी वैशाख २६ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ। सभा दिउँसो १ बजे ग्वार्कोस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजना हुनेछ।

पब्लिक कम्पनी बनेपछिको यो पहिलो साधारण सभाले साधारण सेयर निष्काशन (आईपीओ) र सेयर मूल्य निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ।


Advertisement

साथै, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन, चालू वर्षका लागि लेखापरीक्षक नियुक्ति, र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जस्ता अन्य प्रस्तावहरू पनि सभामा पारित गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर