लगातार दोस्रो वर्ष ग्लोबल आइएमई बैंकले पायो “बेष्ट बैंक अवार्ड”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
लगातार दोस्रो वर्ष ग्लोबल आइएमई बैंकले पायो “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ। बैंकले यो अवार्ड लगातार दोस्रो वर्ष जित्न सफल भएको हो।

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, सेवा पहुँच, ग्राहककेन्द्रित सेवा, क्रेडिट रेटिङ्गजस्ता मापदण्डमा उत्कृष्ट ठहरिँदै बैंकलाई यो सम्मान प्रदान गरिएको हो। यो अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक बनेको छ। यसपटक ग्लोबल फाइनान्सले चीनको चाइना कन्स्ट्रक्सन बैंक, भारतको स्टेट बैंक अफ इन्डिया, जापानको एसएमबीसी, मलेशियाको यूओबी लगायत विभिन्न देशका बैंकहरूलाई समेत सम्मानित गरेको छ।

ग्लोबल आइएमई बैंकले देशभरका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८५ एटिएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। साथै, अमेरिका, कोरिया, जापान, यूएई, कतार लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। यसअघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, बेस्ट ईएसजी बैंक २०२४, बेस्ट इम्प्लोयर जस्ता अवार्डहरू जितिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स