दोस्रो कार्यकाल प्रारम्भसँगै घिसिङले कार्यसम्पादन मूल्यांकनमा ९८.९४ अंक पाएको दाबी



Advertisement
Ads

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा उच्च अंक प्राप्त गरेको दाबी गरेका छन्। शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराए।

उनका अनुसार, आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन प्रक्रिया अगाडि बढिरहेको छ। घिसिङले २०७८ साउन २५ गतेबाट दोस्रो कार्यकाल सुरु गरेका थिए। कार्यकाल प्रारम्भसँगै ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता भएको र उक्त सम्झौताअनुसार आफूले लगातार उच्च अंक प्राप्त गरेको उनले बताए।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर