लाभांश पारित गर्न २२ कम्पनीको साधारणसभा आज बस्दै, कुनले कति दिँदैछ लाभांश ?

लाभांश पारित गर्न २२ कम्पनीको साधारणसभा आज बस्दै, कुनले कति दिँदैछ लाभांश ?

२२ कम्पनीहरूले लाभांश तथा अन्य प्रस्ताव पारित गर्न आज पुस ३० गते वार्षिक साधारणसभा बस्दैछ। नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेशनल माइक्रोफाइनान्स, मिथिला लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, युनिभर्सल पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, बिन्ध्यवासिनी हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, कालिका लघुवित्त, महुली लघुवित्त, मेरो माइक्रोफाइनान्स, सपोर्ट लघुवित्त, एनएलजी इन्स्योरेन्स, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्न लागेको हो ।

नेपाल टेलिकमले प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २०–३० गते गरिएको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११:१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा आयोजना हुनेछ। बुक क्लोज पुस ९ गते गरिएको छ।

नेशनल माइक्रोफाइनान्सले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे काभ्रेपलाञ्चोक, अरनिको पार्टी प्यालेस, बनेपा–५, भीमसेनमार्गमा आयोजना हुनेछ। बुक क्लोज पुस २२–३० गते गरिएको छ।

मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५०० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे लालगढ–०९, धनुषा, गौतम होटल बर्दिबास प्रा. लि., मिथिला नगरपालिकामा आयोजना हुनेछ। बुक क्लोज पुस १६ गते गरिएको छ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १०:३० बजे नेशनल लाइफ भवन, लाजिम्पाट, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १७ गते गरिएको छ।

नागरिक लगानी कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे CIT केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २१ गते गरिएको छ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे शुभम रिसेप्सन, कालोपुल, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १७ गते गरिएको छ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १० बजे कम्पनीको दर्ता कार्यालय, डिल्लीबजार, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।

युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११:३० बजे दरबार रेष्ट्रो होटल, टिकेढेवल, ललितपुरमा आयोजना हुनेछ। बुक क्लोज असोज ८ गते गरिएको छ।

ग्रीन डेभलपमेन्ट बैंकले ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ९ बजे सिटी स्क्वायर ब्याङ्क्वेट, न्युरोड, पोखरा–०८मा आयोजना हुनेछ। बुक क्लोज पुस १७ गते गरिएको छ।

प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २१ गते गरिएको छ।

अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे होटेल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।

समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे दृश्य रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।

बिन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे अनमोल ब्याङ्क्वेट, शंखमूल, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २२ गते गरिएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १०:३० बजे होटल ह्यारिसन प्यालेस, विराटनगरमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।

चिलिमे हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११:३० बजे कुण्डलिनी दरबार, अरुण लामा मार्ग, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १७ गते गरिएको छ।

कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ९ बजे होटल टास्क इन्टरनेशनल, पोखरा–१०, बुद्धचोकमा आयोजना हुनेछ। बुक क्लोज पुस २१ गते गरिएको छ।

महुली लघुवित्तले ४.७२ प्रतिशत बोनस सेयर र ०.२५ नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे प्रधान कार्यालय, महुली, सप्तरीमा आयोजना हुनेछ। बुक क्लोज पुस १७ गते गरिएको छ।

मेरो माइक्रोफाइनान्सले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ९ बजे होटल वाटर टावर, बिदुर–०४, बट्टार, नुवाकोटमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।

सपोर्ट लघुवित्तले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे स्काई लक्स होटल, इटहरी–०१, सुनसरीमा आयोजना हुनेछ। बुक क्लोज पुस १६ गते गरिएको छ।

एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १:३० बजे सिल्भर ओक व्याङ्केट एण्ड ईभेन्ट्स सेन्टर, गैह्निधारा, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २२ गते गरिएको छ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे अरनिको पार्टी प्यालेस, बनेपा–५, काभ्रेपलाञ्चोकमा आयोजना हुनेछ। बुक क्लोज पुस २२ गते गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स