भारतमा ग्यास अभावले विवाहनै प्रभावित, क्याटरिङ्गले परिवारलाई नै भने ग्यास ल्याउन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
भारतमा ग्यास अभावले विवाहनै प्रभावित, क्याटरिङ्गले परिवारलाई नै भने ग्यास ल्याउन
Financial Express

भारतमा अहिले विवाहको मुख्य सिजन चलिरहेको छ। तर देशभर देखिएको खाना पकाउने ग्यास सिलिन्डरको अभावका कारण धेरै विवाह समारोह प्रभावित हुन थालेका छन्। ग्यासको आपूर्ति कम भएपछि केटरिङ गर्ने टोलीहरूले विवाह गर्ने परिवारलाई नै कार्यक्रमका लागि ग्यास सिलिन्डरको व्यवस्था गर्न आग्रह गर्न थालेको भारतीय आर्थिक पत्रिका फ़ाइन्यानसिएल एक्सप्रेसले जनाएको छ।

यसले विवाहको तयारी गरिरहेका परिवारलाई अन्तिम समयमा थप समस्या सिर्जना गरेको छ।

सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले आफ्नो साथीको विवाहसँग जोडिएको अनुभव लेख्दै अहिलेको समस्या देखाएका छन्। उनका अनुसार उनका साथीको अर्को साता विवाह हुने तय भएको छ। तर खाना पकाउने व्यवस्था गर्ने टोलीले ग्यास अभाव भएको भन्दै विवाहका लागि आवश्यक ग्यास सिलिन्डर परिवारलेनै व्यवस्था गर्नुपर्ने बताएपछि तयारीमा तनाव बढेको छ।

ग्यास अभावको मुख्य कारण अन्तर्राष्ट्रिय ऊर्जा संकटलाई मानिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि खाडी क्षेत्रको हर्मुज जलडमरु मार्गमा समस्या आएको बताइएको छ। भारतले आयात गर्ने धेरैजसो खाना पकाउने ग्यास यही मार्गबाट आउने भएकाले आपूर्तिमा असर परेको हो।

स्थिति नियन्त्रण गर्न भारत सरकारको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले मार्च ९ मा आवश्यक वस्तु ऐन लागू गरेको छ। यस निर्णयपछि घरायसी प्रयोगका लागि ग्यासलाई पहिलो प्राथमिकता दिइएको छ। त्यसका कारण होटल, रेस्टुरेन्ट र भोजभतेरमा प्रयोग हुने ठूलो सिलिन्डरको आपूर्ति कम गरिएको छ। ग्यासको अनावश्यक भण्डारण रोक्न बुकिङ बीच २५ दिनको अन्तर पनि राखिएको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स