नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरू पूरा नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ। यसअघि संघले माघ २४ गते बुँदे माग अघि सारेर पूरा गर्न २९ गतेसम्मको समय दिएको थियो। तर, सरकार र नेपाल आयल निगम निष्कर्षमा नपुगेपछि संघले आन्दोलन पुनः सुरु गर्ने निर्णय गरेको हो। संघको यो घोषणासँगै उपभोक्ताहरूले खाना पकाउने ग्यास अभावको सामना गर्नुपर्ने जोखिम बढेको छ।
संघले एलपी ग्यास प्रयोगबारे जनचेतना फैलाउन ग्यास आयातको १ प्रतिशत बजेट छुट्याउनुपर्ने, ६ वर्षदेखि नबढाइएको डिलर कमिसन, ढुवानी खर्च तथा ओभरहेड खर्च तत्काल समायोजन गर्नुपर्ने, र हरेक वर्ष मुद्रास्फीति दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग अघि सारेको हो। संघले आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै सरकारले आफ्नो माग पूरा नगरेसम्म ग्यास आपूर्ति अवरुद्ध गर्नेसम्मका कदम चाल्ने चेतावनी दिएको छ।
संघका अनुसार फागुन १८ गतेदेखि देशभरका ५९ वटा ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद गर्न बन्द गरिसकेका छन्। यदि माग पूरा नभए फागुन २४ देखि इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यास लोड गराउन बन्द गर्ने र चैत १ गतेदेखि भन्सार प्रक्रियामा अवरोध गर्ने संघले घोषणा गरेको छ । चैत ६ गतेसम्म पनि समस्या समाधान नभए चैत ७ देखि उद्योगबाटै ग्यास बिक्री बन्द गरिनेछ भने चैत ११ गतेदेखि डिलरहरूले पनि ग्यास बिक्री वितरण रोक्ने संघले जनाएको छ ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया