निर्वाचित भएको ९औं दिनमा गगनले आज पदभार ग्रहण गर्दै, पहिलो केन्द्रीय समिति बैठक पनि आजै बस्ने

निर्वाचित भएको ९औं दिनमा गगनले आज पदभार ग्रहण गर्दै, पहिलो केन्द्रीय समिति बैठक पनि आजै बस्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पद वहाली गर्दैछन्। माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्वमहामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे सभापति थापासहित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले पद वहाली गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ।यसै क्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने छ। पार्टी कार्यालय सानेपामै दिउँसो १ बजे बस्ने उक्त बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स