राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। तीमध्ये ५ लाख ६४ हजार १० कित्ता सेयरमा लकइन अवधि छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता सेयर लकइनमा रहेका छन्, जसको लकइन अवधि साउन ८ गते सकिनेछ।
कम्पनीले उक्त सेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री गर्न लागेको हो। यस लिलामीमा सहभागी हुन चाहनेले कम्तीमा १०० कित्ता (अर्थात् १० हजार रुपैयाँ बराबर) र बढीमा सम्पूर्ण उपलब्ध कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
आवेदन दिने म्याद भोलि (साउन १३) गतेदेखि साउन २० गतेसम्म कायम हुनेछ। बोलपत्रहरू काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउन सकिनेछ भने मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पनि उपलब्ध हुनेछ।


प्रतिकृया