आजबाट सर्वसाधारणले ट्रेड टावरकाे आईपीओ भर्न सक्ने



Advertisement
Ads

ट्रेड टावर लिमिटेडले आज (जेठ १४ गते) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ। यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेको थियो।

यस पटक सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर बिक्रीमा ल्याइएको हो।


Advertisement

सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको छ। यद्यपि सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा आवेदन म्याद जेठ २८ गतेसम्म लम्ब्याइनेछ।

आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको छ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ एजेन्सी इक्राएनपीले कम्पनीलाई डबल बी माइनस (BB-) को रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर