अहिले क्रिसमसको अवसर भन्दै फेसबुक र अन्य सामाजिक सञ्जालमा विभिन्न उपहार र अफरका पोस्टहरू फैलिरहेका छन्। कार, मोबाइल, नगद पुरस्कार जस्ता लोभ देखाएर प्रयोगकर्तालाई कमेन्ट गर्न, सेयर गर्न वा लिंकमा क्लिक गर्न लगाइँदैछ।
यस्ता पोस्टमध्ये धेरैजसो नक्कली हुने गरेको पाइएको छ। हालै लबिम मलको नाम प्रयोग गरेर ‘ल्यान्ड क्रुजर’ गाडी उपहार दिने भन्दै फैलाइएको पोस्ट पनि नक्कली भएको पुष्टि भइसकेको छ।
यस्ता अफरमा सहभागी हुन खोज्दा प्रयोगकर्ताले आफ्नो नाम, मोबाइल नम्बर, इमेल वा अन्य जानकारी राख्ने गर्छन्। यही जानकारी गलत व्यक्तिको हातमा परेमा तपाईंको फेसबुक अकाउन्ट, इमेल वा बैंकिङ विवरणसमेत ह्याक हुन सक्छ।
धेरैजसो अवस्थामा स्क्यामरले “तपाईं चयन हुनुभयो” भन्दै एउटा लिंक पठाउँछन्। त्यो लिंकमा क्लिक गर्दा मोबाइल वा कम्प्युटरमा भाइरस पस्न सक्ने खतरा हुन्छ।
साइबर सुरक्षा विज्ञहरूले चाडपर्वको बेला देखिने यस्ता अफरप्रति विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। कुनै पनि अफर वा उपहारबारे जानकारी लिनु अघि सम्बन्धित संस्थाको आधिकारिक पेज वा वेबसाइटबाट मात्रै पुष्टि गर्नुपर्ने उनीहरूको सुझाव छ।
अफरको लोभमा परेर आफ्नो व्यक्तिगत जानकारी नदिनुस्। एक गलत क्लिकले तपाईंको अकाउन्ट र डिभाइस दुवै जोखिममा पर्न सक्छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया