आज विहानै आएको भीषण बाढी र पहिरोका कारण नेपाल–चीन व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति पुगेको छ। यद्यपि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएको छ, जसले नेपाल–चीन जोड्ने मुख्य सवारी मार्गलाई प्रभावित बनाएको छ। बिहान करिब ३:१५ बजेतिर चीनतर्फबाट आएको बाढीले चीनको अध्यागमन कार्यालयअगाडि रहेको पुल पनि पूर्ण रूपमा बगाएको छ।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, निर्माणाधीन भन्सार यार्ड, र खोलाको किनारमा पार्क गरिएको थुप्रै ट्रकहरूमा क्षति पुगेको छ। साथै, भन्सार छुटाउन राखिएका केही विद्युतीय सवारी (इभी) समेत बगाएको अनुमान गरिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया