रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना बाढीका कारण पूर्णरूपमा बन्द भएको छ। कम्पनीले बाढी नियन्त्रण बाहिरको कारणले गर्दा हालका लागि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई पत्रमार्फत गराएको छ।
कम्पनीका अनुसार रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा निर्माण सम्पन्न आयोजना २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। तर २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण आयोजनाको बाँधस्थल, आवासगृह, र जलविद्युत केन्द्रसम्मको पहुँच मार्गसहितका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया