लगातारको वर्षा र कमजोर भिजिबिलिटीका कारण देशका विभिन्न विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडानतर्फ जजिरा एयरको विमान भारतको बनारस डाइभर्ट भएको छ भने बुद्ध एयरको माउन्टेन फ्लाइटसहित रामेछाप–लुक्ला रुटका समिट र तारा एयरका तीन विमान पनि डाइभर्ट भएका छन्।
नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क उडानसमेत गन्तव्य परिवर्तन गरिएको छ। वर्षा रोकिएसँगै काठमाडौंबाट सामान्य उडान सञ्चालन भए पनि दुर्गम क्षेत्रका केही उडान अझै अवरुद्ध छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
















प्रतिकृया