फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक आज बिहीबार बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
संसद सचिवालयका अनुसार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको धारणा प्रस्तुत गर्नेछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ। कांग्रेसले अझै संसदीय दलको नेता चयन नगरेकाले आङ्देम्बेलाई वक्ताका रूपमा अघि सारिएको हो।
त्यस्तै, ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी बैठक सञ्चालनमा केन्द्रित रहने भएकाले सम्बोधनमा सहभागी नहुने जनाइएको छ।
यसैगरी, नेकपा एमालेबाट रामबहादुर थापा, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्नेछन्।
नेकपाका तर्फबाट संयोजक प्रचण्डले वर्षमान पुनलाई वक्ताका रूपमा अघि सार्ने तयारी गरिएको स्रोतले जनाएको छ।
म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले समेत पहिलो बैठकमा बोल्ने अवसर पाउनेछन्।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया