अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका नियमित काममा सहभागी नहुने घोषणा गरेका छन्। निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले यस्तो निर्णय लिएका हुन्।
खनालले सामाजिक सञ्जालमार्फत आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, “कुलिङ पिरियड बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज। आजदेखि कुलिङ पिरियड सुरु भयो, अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्।”
उनको कुलिङ पिरियड सुरु भएसँगै अब अर्थ मन्त्रालयमा नीतिगत निर्णयहरू रोकिने छन् भने दैनिक प्रशासनिक कामहरू भने निरन्तर सञ्चालन हुनेछन्।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया