नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा भएको भेटमा पौडेलले ढुंगानालाई राजीनामा स्वीकृत गर्न आग्रह गरेका हुन्।
डा. भट्टले सत्तारूढ गठबन्धनका प्रमुख दलहरू — नेपाली कांग्रेस र नेकपा (एमाले) — बीच उनलाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमति बनेको चर्चा बाहिर आएपछि कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।
यद्यपि, कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।



















प्रतिकृया