२० वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

२० वटा निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उक्त प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले यसअघि सम्बन्धित कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भन्ने आधार र प्रमाणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो। तर, तोकिएको अवधिभित्र स्पष्टीकरण नआएपछि पुनः सात दिनको समय दिँदै सूचना जारी गरिएको हो।

स्पष्टीकरण सोधिएका कम्पनीमध्ये उग्रवज्र निर्माण सेवा (काठमाडौं), अर्बान कन्स्ट्रक्सन (चितवन) र शंकरमाली निर्माण सेवा प्रालि. (काठमाडौं) लगायत रहेका छन्।

सडक डिभिजन कार्यालय काठमाडौं र जुम्ला, कालिका नगरपालिका, फिक्कल गाउँपालिका, पूर्वाधार विकास कार्यालय लमजुङलगायत सार्वजनिक निकायको सिफारिसमा परेका कम्पनी तथा ठेकेदारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक स्पष्टीकरण पेस गर्नुपर्ने कार्यालयले जनाएको छ।

20 companies facing blacklisting notice 1781594962978 https://bajarkochirfar.com/final-warning-to-20-construction-companies-may-be-blacklisted-if-they-fail-to-provide-clarification-within-seven-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स