जाडोको समय सुरु भइसकेको छ, र यो वर्ष ‘ला निन्या’ को प्रभावले चिसो झन् बढ्ने आँकलन गरिएको छ। हाल ‘ला निन्या’ का विषयमा विश्वभर व्यापक चर्चा भइरहेको छ।
‘ला निन्या’ भनेको प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा समुद्र सतहको तापक्रम सामान्यभन्दा चिसो हुने प्रक्रिया हो, जसले पृथ्वीका विभिन्न भागमा जलवायु चक्रमा असामान्य परिवर्तन ल्याउँछ।
मौसमविद् विनु महर्जनका अनुसार ‘ला निन्या’ को असर नेपालमा जाडो मौषममा जाडो बढ्ने र बर्खामा धेरै पानी पर्ने बताउँछिन्।
नेपालमा ला निन्याको असर स्वरूप अहिले जाडोमा अत्याधिक जाडो बढ्ने देखिएको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुने र तराईका क्षेत्रमा सित लहरको समस्या बढ्ने छ। यसले जनजीवनमा मात्र होइन, कृषि, स्वास्थ्य र पूर्वाधारमा पनि गम्भीर प्रभाव पार्न सक्छ। यस्तै बर्खामा धेरै पानी पर्नेछ।
मौसमविद् महर्जनका अनुसार, ‘ला निन्या’ को प्रभाव प्रायः १ देखि डेढ वर्षसम्म रहन्छ, जसका कारण यसको असर लामो समयसम्म महसुस हुने सम्भावना छ।













प्रतिकृया