नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न फेरि ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज (जेठ ६ गते) बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। साथै, बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।
यो ९१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भदौ ३ गते भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ। त्यसकै कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमा समेत राष्ट्र बैंकलाई पैसा राख्न बाध्य भइरहेका छन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया