instainsta

बैंकहरुमा अधिक तरलता, आज पनि १०० अर्ब तान्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
बैंकहरुमा अधिक तरलता, आज पनि १०० अर्ब तान्दै राष्ट्र बैंक
AdvertisementAds

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणमार्फत पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले फागुन १९ गते बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ र यसको लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको हिस्सामा भाग गर्दै कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल एकल ब्याजदर वा बहु ब्याजदरमा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो ६ दिने निक्षेप संकलन उपकरणको भुक्तानी तथा ब्याज फागुन २५ गते गरिनेछ। पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता धेरै छ र बैंक तथा वित्तीय संस्थाहरू लगभग ३ प्रतिशत हाराहारीको ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स