instainsta

उर्जा मन्त्री विराजभक्त श्रेष्ठको सेयरबजारमा १ करोड ४५ लाखको लगानी

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
उर्जा मन्त्री विराजभक्त श्रेष्ठको सेयरबजारमा १ करोड ४५ लाखको लगानी
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको सम्पत्तिमा घरजग्गा, बैंक मौज्दात, सेयर र सुन–चाँदी उल्लेख्य देखिएको छ।

विवरणअनुसार श्रेष्ठको पैतृक नाममा काठमाडौंका दुई वटा घर रहेको छ। काठमाडौं महानगरपालिका वडा नं २४ मा २ आना र वडा नं १४ मा ४ आना जग्गामा बनेका घर रहेको उल्लेख छ।

उनले १५ तोला सुन र ५० तोला चाँदी रहेको पनि विवरणमा उल्लेख गरेका छन्। त्यसैगरी, मन्त्री श्रेष्ठको विभिन्न कम्पनीहरूमा कुल २० हजार ९७८ कित्ता सेयर रहेको छ, जसको बजार मूल्य करिब १ करोड ४५ लाख ४८ हजार रुपैयाँ रहेको बताइएको छ।

उनले ५० लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन्। साथै, ल्याण्ड क्रुजर, स्कुटर र इभीसहित तीन वटा सवारी साधन रहेको तथा करिब ३ लाख मूल्यका घडीसमेत रहेको विवरणमा देखिएको छ।

Stay Updated With 3 2 https://bajarkochirfar.com/energy-minister-biraj-bhakta-shresthas-investment-of-rs-14-5-million-in-the-stock-market | %tags
यो पनि पढ्नुहोस

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स