भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स



भारतले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ, जसले दुर्गम क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने बाटो खोलेको छ। भारतीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले यो निर्णयलाई ‘कनेक्टिभिटीको अर्को सीमा’ भनेका छन्।

स्पेसएक्सका उच्च अधिकारी ग्वेनी सटवेलसँगको बैठकपछि यो अनुमति दिइएको हो। जिओ र एयरटेलले पनि स्टारलिंक सेवा लिन स्पेसएक्ससँग सम्झौता गरिसकेका छन्। अब कम्पनीले भारतमै कमाण्ड एण्ड कन्ट्रोल सेन्टर स्थापना गर्नेछ।


Advertisement

यसबीच, स्टारलिंक नेपालमा पनि सेवा ल्याउन चाहन्छ, तर सरकारी उदासीनताका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। केही महिनाअघि मस्क र ओलीबीच भर्चुअल संवाद पनि भएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर