अमेरिकाको लस भेगासस्थित ट्रम्प होटल अगाडी टेस्ला साइबर ट्रक मोडलको कार विस्फोट भएको छ । विस्फोट हुँदा चालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
उक्त गाडी कोलोराडो राज्यबाट भाडामा लिइएको र बुधवार बिहान लास भेगसमा प्रवेश गरेको दुई घण्टाभित्रै विस्फोटन भएको प्रहरीले जनाएको छ। विस्फोट भएको कार ट्रम्प अर्गनाइजेसनको ५० प्रतिशत स्वामित्व रहेको ट्रम्प होटलको प्रवेशद्वार नजिकै पार्क गरिएको थियो। त्यही क्रममा धुवाँ निस्कन थाल्यो र विस्फोट भएको थियो ।
विस्फोट भएको गाडी अर्बपति एलन मस्कको कम्पनी टेस्लाको उत्पादन हो । उक्त घटनाको केही घन्टा अघि एक ट्रक न्यू अर्लिन्समा भीडमा मानिसहरूलाई कुल्चिँदै दौडिएको थियो । जसमा १५ जनाको मृत्यु भएको छ ।
टेस्लाका मालिक एलन मस्कले यो घटना र केही घन्टा अघि न्यु अर्लिन्समा भएको अर्को ट्रक आक्रमणबीच सम्भावित सम्बन्ध हुनसक्ने बताएका छन्। तर, राष्ट्रपति जो बाइडेनले यी घटनाहरूबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।
















प्रतिकृया