बिजुलीको बिल नतिर्ने मेयरको घरमा लाइन काट्दा थुनिए विद्युत् कर्मचारीहरु



Advertisement
Ads

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफ्नो घरको विद्युत् महसुल नतिरेको कारण लाइन काट्न गएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई नगर प्रहरी लगाएर थुनेका छन्।

नगर प्रमुख यादवको घरको लाइन काटेपछि विद्युत् प्राधिकरण कलैया शाखाका पाँच जना कर्मचारीलाई नगरपालिकामा थुनेको बताइएको छ।


Advertisement

थुनिएका कर्मचारीहरूमा सहायक लेखापाल सुनिल राय, इलेक्ट्रीशियन हृदय नारायण महतो, चालक अमितचन महतो, कार्यालय सहयोगी सन्दिप सरार्फ र मिटर रिडर देवी नारायण यादव रहेका छन्।

नगर प्रमुख यादवको घरमा जडान भएको विद्युत् मिटरको बक्यौता रकम २ लाख ९२ हजार रुपैयाँ बाँकी रहेकोले प्राधिकरणले लाइन काटेको थियो।

हाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकहरूको लाइन काट्ने अभियान चलाइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर