विद्युत प्राधिकरणले हाल गम्भीर चुनौतीको सामना गरिरहेको छ: हितेन्द्रदेव शाक्य



Advertisement
Ads

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल गम्भीर चुनौतीको सामना गरिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशनलाई सम्बोधन गर्दै शाक्यले प्राधिकरण घाटामा गएको कारण होइन तर कमजोर संरचना र प्रणालीका कारण सेवा प्रवाहमा कठिनाइ आएको स्पष्ट पारे।


Advertisement

उनका अनुसार अहिलेको प्रशारण र वितरण प्रणालीले विद्यमान माग धान्न सक्दैन। “३ हजार ५ सय मेगावाट उत्पादन हुँदा नै समस्या छ,” शाक्यले भने, “२८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न खोज्दा अवस्था झन् जटिल हुनेछ।”

विद्युत पूर्वाधारमा हालसम्मको लगानी पर्याप्त नभएको उल्लेख गर्दै शाक्यले तत्काल प्रशारण र वितरण प्रणालीमा सुधारका लागि पर्याप्त लगानी आवश्यक रहेको बताए। उनका अनुसार, प्राधिकरणलाई सबलीकरण गर्न कम्तीमा १० हजार मेगावाट क्षमताको पूर्वाधार आवश्यक पर्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर