निर्वाचन अपडेट : अर्घाखाँचीको सन्धिखर्कमा चुनावी तनाव: मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान रोकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : अर्घाखाँचीको सन्धिखर्कमा चुनावी तनाव: मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान रोकियो

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ।

मतदानका लागि प्रयोग भएका केही मतपत्रमा मतदान अधिकृतको अनिवार्य हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो। दलका प्रतिनिधि र मतदानस्थलका सरोकारवालाहरूले यस विषयमा आपत्ति जनाएका थिए।

स्थिति स्पष्ट नभएसम्म मतदान प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायले घटनाको छानबिन गरिरहेको छ र समस्या समाधान भएपछि मात्र मतदान पुनः सुरु गरिने जनाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स