दोलखामा लुटिएका ४५ वटा मतपत्र फेला परेका छन्।
तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदानस्थलबाट मतपत्र लुटिएको थियो। कुल ५४ वटा मतपत्र लुटिएकोमा ४५ वटा फेला परिसकेको छ।
अझै ९ वटा मतपत्रको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मतपत्र लुटिएपछि सो मतदानस्थलमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन।
मतदान सुरु भएको केही समयमै कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाइ फायरसमेत गरेको थियो।




















प्रतिकृया