आगामी फाल्गुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नेपालको राजनीतिक माहोल तातिएको छ। सार्वजनिक बिदा र निर्वाचनको व्यवस्थापकीय तयारीका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब चुनाव अघि केवल ८ कारोबार दिन मात्र सञ्चालनमा रहने भएको छ।
सामान्यतया हप्तामा पाँच दिन खुल्ने सेयरबजार सार्वजनिक बिदा र चुनावी व्यवस्थापनका कारण सीमित दिन मात्र खुल्ने भएको हो। फाल्गुन महिनामा परेका बिदाहरूका कारण चुनाव अगाडि सेयरबजार फाल्गुन ४, ५, १०, ११, १२, १३, १४ र १७ गते मात्र खुल्नेछ। अब लगानीकर्ताले चुनाव अघि यी मितिहरूमा मात्र कारोबार गर्न सक्नेछन्।
निर्वाचनको भोलिपल्ट शुक्रबार र त्यसपछि शनिबारको नियमित बिदा परेको छ। साथै, फाल्गुन २४ गते ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को सार्वजनिक बिदा हुने भएकाले निर्वाचन पछिको पहिलो कारोबार फाल्गुन २५ गते हुनेछ।


प्रतिकृया