आन्दोलनको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुँदैन: विश्वप्रकाश शर्मा

आन्दोलनको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुँदैन: विश्वप्रकाश शर्मा
AdvertisementAds

नेपाली कांग्रेसको गगन समूहका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोग आन्दोलनको धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार आयोगका पदाधिकारीसँग भेट्ने क्रममा उपसभापति शर्माले भने, “केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले अन्यथा निर्णय गरे देशभर आन्दोलन हुने चेतावनी दिएका थिए। यसपछि आयोग पुगेर आफ्नो पक्ष स्पष्ट गर्न गगन समूहले यस्तो कदम उठाएको हो।”

शर्माले भने, “पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोगमा आएको थाहा पाएपछि आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ। निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन हुन्छ भनेर केहीबेरअघि मात्र पत्रकार सम्मेलन गरिएको कुरा हामीले सुनेका छौँ। तर आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ।”

यो पनि पढ्नुहोस: निर्वाचन आयोगले पार्टी विधानविपरीत निर्णय गर्यो भने देशभर आन्दोलन गर्छौं: कार्यवाहक सभापति खड्का | BAJARKO CHIRFAR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स