निर्वाचन रोक्ने प्रयास भइरहेको छ, तर हामी जित्ने तयारीमा छौ: ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
निर्वाचन रोक्ने प्रयास भइरहेको छ, तर हामी जित्ने तयारीमा छौ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भइरहे पनि आफ्नो पार्टी विजयको तयारीमा रहेको बताएका छन्। आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेको विजय सुनिश्चित गर्न तयारी भइरहेको बताए।

अध्यक्ष ओलीले भने, “अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं।” उनले विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाए। झण्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको उनले स्पष्ट पारे।

POLITICS 1 8 https://bajarkochirfar.com/efforts-are-being-made-to-stop-the-election-but-we-are-preparing-to-win-oli | %tags
यो पनि पढ्नुहोस

ओलीको प्रश्न: पालिका चलाउन नसक्ने असफल व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?

उनले आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धिहरूको सूची प्रस्तुत गर्दै एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे। उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको बताए।

अध्यक्ष ओलीले थपे, “हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन्। बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत उद्धारको व्यवस्था सुरू गर्‍यौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स