ओलीको प्रश्न: पालिका चलाउन नसक्ने असफल व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
ओलीको प्रश्न: पालिका चलाउन नसक्ने असफल व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आफ्नो ६० वर्ष लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै आफूमाथि नियोजित प्रहार भइरहेको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ का मतदातासँग कुरा गर्दै अध्यक्ष ओलीले आफू कुनै कमिसनको खेलमा नलागेको र देशको विकास तथा सुरक्षामा सधैं चिन्तित रहेको बताए।उनले भने, “मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र कहिल्यै गर्ने पनि छैन। म कमिसनखोर होइन, तैपनि ममाथि किन यति धेरै प्रहार हुन्छ? म त सधैं देशको सुरक्षा, विकास र जनताको धनजनको रक्षाका बारेमा मात्र सोचिरहन्छु।”

अध्यक्ष ओलीले नयाँ शक्ति वा परिवर्तनका नाममा आएका तत्वहरूले देशलाई अन्योलतर्फ धकेल्न खोजेको आरोप लगाउँदै, परिवर्तन के हो भन्ने बुझ्न नसकेका व्यक्तिहरूले देश बनाउने सक्षम शक्तिलाई रोक्न खोजेको बताए।

उनले प्रश्न उठाए, “देश प्रयोगशाला हो? एउटा पालिका चलाउन नसकेर असफल भएका व्यक्तिहरूलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?” अध्यक्ष ओलीले देश बनाउन सक्षम नेतृत्व छोडेर नचिनेका र असफल व्यक्तिहरूलाई भोट दिनु न्यायसंगत नभएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स