प्रतिबन्धित औषधी बेचे औषधी व्यवस्था विभागले कारबाही गर्ने



Advertisement
Ads

औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न निर्देशन दिएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो।

विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ।अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ।


Advertisement

विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत माग दाबी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुन विपरीत गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ।

कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए। दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रुपमा सिफारिस गर्नु गैरकानूनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर