खल्तीको सीटीओबाट बाहिरिए ध्रुव अधिकारी, सुबितराज पोखरेल बने नयाँ सीटीओ

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २८ गते
खल्तीको सीटीओबाट बाहिरिए ध्रुव अधिकारी, सुबितराज पोखरेल बने नयाँ सीटीओ

चर्चित डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको उच्च व्यवस्थापन नेतृत्वमा पुनः परिवर्तन भएको छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) ध्रुव अधिकारीले पदबाट राजीनामा दिएका छन्। अधिकारी बाहिरिएसँगै रिक्त सीटीओ पदमा सुबितराज पोखरेल नियुक्त भएका छन्।

साढे चार वर्षदेखि सीटीओको जिम्मेवारी सम्हाल्दै आएका अधिकारी आइतबारदेखि औपचारिक रूपमा कम्पनीबाट बिदा भएका हुन्। सामाजिक सञ्जाल लिङ्क्डइनमार्फत जानकारी दिँदै उनले ९ वर्षअघि खल्ती स्थापना गर्दाको सुरुवाती क्षण स्मरण गरेका छन्। आफ्नो कार्यकालमा कम्पनीको प्रविधिगत पूर्वाधार विकास र टिम विस्तारमा उल्लेख्य योगदान दिएको उनले बताएका छन्।

यसअघि मंसिरको पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का कम्पनीबाट बाहिरिएका थिए। खड्का बाहिरिएपछि कम्पनीको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त भइसकेका छन्। मर्जरअघि आइएमई पेको सीईओ रहेका रेग्मी मर्जरपछि बनेको एकीकृत कम्पनीमा निर्देशकको भूमिकामा थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स