भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ ।
मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो ।
नागरिकलाई सहज सूचनाकाे पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोवाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ भने कार्यालयबाट हुने सेवा तथा भूमि सम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको हो ।
गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगान सहित विवरण सार्वजनिक गरिएको छ ।
साथै सबै कार्यालय प्रमुखहरूलाई समेत सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ ।
मातहतका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ।
देशभरका मालपोत कार्यालयका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको विवरण:
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया