निर्वाचन आयोगले अन्तिम प्रतिवेदन बुझाएसँगै नव निर्वाचित सांसदहरूको शपथ ग्रहणको तयारी भइरहेको छ।
प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सदनको कामकारबाहीमा भाग लिनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ। यसैअनुसार नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र शपथ सम्बन्धी ऐन, २०७९ मा सभामुख अनुपस्थित रहेमा ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराउने प्रावधान स्पष्ट गरिएको छ।
यसपटक प्रतिनिधि सभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हुन्, जो ७८ वर्षका छन्। संसदीय परम्पराअनुसार राष्ट्रपतिले शपथ गराएपछि केसीले अन्य सांसदहरूलाई शपथ गराउनेछन् र नयाँ सभामुख र उपसभामुख चयन नभएसम्म उनी सदनको बैठकको अध्यक्षता गर्नेछन्। निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र वितरण गरे पनि सांसदहरूले शपथ लिएपछि मात्र ‘जनप्रतिनिधि’को पूर्ण अधिकार पाउँछन्; शपथ नलिई कुनै पनि सांसद बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिमा सहभागी हुन सक्दैनन्।
अहिलेसम्म आयोगले प्रत्यक्ष १६५ र समानुपातिक ११० सांसद निर्वाचित भइसकेको घोषणा गरेको छ। प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सांसद पाएको छ, तर रास्वपाका ६० वर्षमाथिका चार सांसद केसीभन्दा कान्छा छन्। कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट जितेको छ, जसमा ६० वर्षमाथि १० जना छन्।
एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ सिट जितेको छ, जसमा ८ जना सांसद ६० वर्षमाथिका छन्। नेकपा ८ प्रत्यक्ष र ९ समानुपातिक सिट जितेर ५ जना ६० वर्षमाथिका सांसद पाएको छ। त्यस्तै, ७ सिट जितेको श्रम संस्कृति पार्टी र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक–एक जना सांसद ६० वर्षमाथिका छन्। स्वतन्त्र निर्वाचित सांसद महावीर पुन ७१ वर्षका छन्।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया