दुईपटक सूचना निकाल्दा पनि उपकुलपतिका लागि परेन आवेदन

दुईपटक सूचना निकाल्दा पनि उपकुलपतिका लागि परेन आवेदन
Advertisement Ads

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दुई पटक सूचना निकालिँदा पनि कुनै उम्मेदवारले दरखास्त दिएका छैनन् । सिफारिस समितिले पहिलो सूचना कात्तिक १६ देखि ३० गतेसम्म प्रकाशित गरेको थियो। आवेदन नआएपछि म्याद थपेर मंसिर ५ गतेसम्म बढाइए पनि निवेदन पर्न सकेन।

यस स्थितिपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्वास्थ्य क्षेत्रका प्राध्यापक तथा विद्यावारिधी व्यक्तिहरूलाई मातृभूमि सेवाका लागि उपकुलपति पदमा आवेदन दिन सार्वजनिक आह्वान गरेका छन्। इच्छुकले सिधै आफूलाई सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन्।

सङ्घीय संसद्ले पारित गरेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्दै लागू भएको थियो।

download 5 https://bajarkochirfar.com/despite-issuing-two-notifications-no-applications-were-received-for-the-post-of-vice-chancellor | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स