एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका १२ जनामध्ये ९ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उनीहरुको जमानत जफत भएको हो ।
जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ छन् ।कुल ७५ हजार ४ सय ६० मत खसेकोमा २ हजार ४ सय ५० मत बदर भएको छ । ७३ हजार १० मत सदर भएकोमा विजयी केसीले ३३ हजार ८ सय ९८ मत अर्थात ४६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमालेका गुरुङले १६ हजार ८ सय ७६ मत अर्थात २३ दशमलव ११ प्रतिशत र कांग्रेसका गुरुङले १६ हजार ५ सय ६९ मत अर्थात २२ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत अर्थात ४ दशमलव ६१ प्रतिशत मत प्राप्त गर्दा जमानत जोगाउन नसकेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केविन्द्रजङ गुरुङले १ हजार मत अर्थात १ दशमलव ३६ प्रतिशत मत पाउँदा जमानत गुमाएका हुन् । बाँकी ७ जना १ प्रतिशत मत समेत ल्याउन सकेनन् ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया