भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ। उनको निधनको सम्मानमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको हो।मनमोहन सिंहको निधन ९२ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा भएको हो। उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ शनिबार गरिने जानकारी दिइएको छ।

उनको निधनमा शोक व्यक्त गर्दै, भारत सरकारले आजका सबै सरकारी समारोह रद्द गरेको छ भने विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि भारतीय राष्ट्रिय झण्डा झुकाइने भएको छ।
भारतका विभिन्न राज्यहरूले पनि उनको निधनमा शोक व्यक्त गर्दै सात दिने राजकीय शोकको घोषणा गरेका छन्। केरला र कर्नाटका सरकारले यसै अवधिको लागि राजकीय शोक घोषित गरेका छन्। कर्नाटकमा शुक्रबार सार्वजनिक बिदा पनि घोषणा गरिएको छ।

पञ्जाब प्रान्तको एक गाउँमा २६ सेप्टेम्बर १९३२ मा जन्मिएका सिंहले पञ्जाब विश्वविद्यालयबाट स्नातक तथा क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालयबाट आगामी अध्ययन पूरा गरेका थिए। उनी २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए। उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायत विपक्षी दलका नेताहरूले समेत शोक व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स