राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गतेदेखि निष्काशनमा ल्याएको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा आवेदन दिने म्याद बैशाख २१ गतेसम्म लम्बिएको छ। ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ।
बैंकले एक हजार अंकित दरमा २५ लाख कित्ता, कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये १५ लाख कित्ता निजी स्थानमा र १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिँदैछ। सर्वसाधारणका लागि छुट्याइएको भागमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा छैन।
सानिमा क्यापिटल लिमिटेड यस ऋणपत्रको बिक्री प्रबन्धक हो। आवेदन सि–आस्बा सेवामार्फत दिन सकिनेछ। ऋणपत्रको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग्स नेपालले ‘CARE-NP A+’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ। ऋणपत्रको ब्याज प्रत्येक आर्थिक वर्षमा दुईपटक कर कटाएर भुक्तानी गरिनेछ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया