आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार, बैठक शनिबार माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन कार्यक्रम रहेकोले एमालेले बैठकमा उम्मेदवारको अन्तिम नामावली टुंग्याउने तयारी गरेको हो।
एमालको निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम एकल रूपमा सिफारिस भइसकेको छ। हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन तय नभएकोले सबै क्षेत्रमा एमालेले सूर्य चिह्नवाहक उम्मेदवार अघि बढाउने भएको छ।
शाहीले बताए अनुसार, दुर्गम भेगका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्रमा पुग्न र मनोनयन तयारी गर्न समय लाग्ने भएकाले सचिवालय बैठकले उम्मेदवार टुंग्याउने निर्णय गर्नेछ। यसअघि केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिएको थियो।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया