फिल्म ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश, ट्रेलर रिलिज पनि रोकियो



Advertisement
Ads

पाटन उच्च अदालतले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नगर्न र नगराउन आदेश दिएको छ।

पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो।


Advertisement

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज बिना अनुमति प्रयोग गरिएको भन्दै विरोध जनाउँदै रिट दायर गरेका थिए। उनले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएका थिए।

अदालतले सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न आदेश दिएपछि फिल्मको प्रचारप्रसार रोकिएको छ। साथै, आज हुने भनिएको ट्रेलर रिलिज पनि स्थगित भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर