साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै अभिनेता अनमोल केसी र फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
श्रेष्ठले फिल्ममा बिना अनुमति आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएको दाबी गर्दै मानसिक तथा शारीरिक पीडा भोग्नुपरेको उल्लेख गरेका छन्। उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन्। रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर एमएसएम ओटीटी प्लेटफर्ममा हटाउन पटक–पटक आग्रह गरे पनि बेवास्ता गरिएको जनाएका छन्।
श्रेष्ठले अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति र सम्बन्धित पक्षलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। उनले दोषीलाई कानुनअनुसार कारबाही गर्न र आफूले भोगेको हानि–नोक्सानीको क्षतिपूर्ति दिन माग गरेका छन्।













प्रतिकृया