वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। त्रिपाठीले अघिल्लो वर्ष सर्वोच्च अदालतले खानीजन्य स्रोतको निर्यात रोक्न दिएको आदेशको उल्लंघन गर्दै चालू आर्थिक वर्षको बजेटमा पुनः निर्यातसम्बन्धी प्रावधान राखिएको दाबी गरेका छन्।
उनले संविधानको धारा १२८(४) र न्याय प्रशासन ऐनको उल्लंघन भएको उल्लेख गर्दै, प्रधानमन्त्री र अर्थमन्त्रीलाई एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना, पदमुक्त र सार्वजनिक पदका लागि अयोग्य घोषित गर्न माग गरेका छन्।
अदालतको आदेशको रक्षा गर्नु नै लोकतन्त्रको मूल आधार भएको भन्दै, उनले दुवै नेतालाई २४ घण्टाभित्र उपस्थित गराई कारबाही गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया