देश विकासको भिजन समेटिएर घोषणापत्र आउँदै गरेको कांग्रेस महामन्त्री पौडेलको दाबी

देश विकासको भिजन समेटिएर घोषणापत्र आउँदै गरेको कांग्रेस महामन्त्री पौडेलको दाबी

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासको नेतृत्व लिन तयार रहेको बताएका छन्।

कांग्रेस नागरिकको अपेक्षाअनुसार सुधारिएको उल्लेख गर्दै उनले अब सुधारिएको नीति र नेतृत्वले नै देश विकासको जिम्मेवारी सम्हाल्ने दाबी गरे। “कांग्रेससँग नागरिकका गुनासा छन्, तर अपेक्षा झन् धेरै छन्,” उनले भने, “ती गुनासा सम्बोधन गर्दै अपेक्षाअनुसारको समृद्धि दिने दिशामा हामी अघि बढिरहेका छौँ।”

आगामी आम निर्वाचन २०८२ लाई लक्षित गर्दै देश विकासको स्पष्ट भिजन समेटिएको घोषणा पत्र तयारीको चरणमा रहेको उनले जानकारी दिए। उक्त घोषणा पत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको आगामी मार्गचित्र तय गर्ने उनको भनाइ छ।

“नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ,” उनले भने, “यसका लागि तपाईं सबैको साथ आवश्यक छ।”

देशभर कांग्रेसका उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय रहेको उल्लेख गर्दै पौडेलले परिवर्तित नीति र नेतृत्वले पार्टीमा नयाँ ऊर्जा थपिएको बताए।

काठमाडौं–५ का सांसदका रूपमा आफूले इमानदारीपूर्वक क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको दाबी गर्दै उनले विगतमा सुरु गरेका असल अभ्यासलाई निरन्तरता दिँदै थप काम गर्ने लक्ष्यसहित पुनः चुनावी मैदानमा उत्रिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स