सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको अवस्था निर्धारण गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिले फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था, त्यहाँ बनेका संरचना, निजी र सरकारी जग्गाको दर्ता र प्रयोग स्थिति लगायत विस्तृत अध्ययन गर्नेछ। साथै, ताल क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ताको
यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने काम पनि समितिले गर्नेछ।
मन्त्रालयले फेवाताल क्षेत्र संरक्षण र व्यवस्थापन प्रभावकारी बनाउन यो समिति गठन गरिएको जनाएको छ। समितिलाई सात दिनभित्र सबै कित्ताको विवरणसहित प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणमा चासो देखाएपछि, पोखरा महानगरपालिकाले अतिक्रमित फेवाताल क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ।
















प्रतिकृया