गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सेयर कारोबारको अनुमति दिन आयोगको सुझाव

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सेयर कारोबारको अनुमति दिन आयोगको सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सेयर कारोबारको अनुमति दिन सुझाव दिएको छ। आयोगको प्रतिवेदनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ९ र १० संशोधन गरेर गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको आधारमा सेयर खरिद–बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

आयोगले गैरआवासीय नेपालीहरूले व्यक्तिगत रूपमा नै सेयर कारोबार गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ। यस्तै, दोस्रो बजारमा सेयर खरिद गर्न भित्र्याइएको पूँजी एक वर्षमा दुईपटकसम्म प्रत्येक पटक ५० प्रतिशतको सीमाभित्र फिर्ता लैजान सकिने प्रावधान राख्नुपर्ने सुझाव पनि प्रतिवेदनमा गरिएको छ।

“दोस्रो बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने, यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने । लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद गर्न भित्र्याएको रकमको एक वर्षमा दुईपटक ५० प्रतिशतसम्म रकम मात्र फिर्ता लान सकने व्यवस्था गर्ने,” प्रतिवेदनको सुझावमा उल्लेख छ । पुँजीबजारलाई वित्तीय स्रोत परिचालनको माध्यम बनाउँदै लगानी प्रवर्द्धन गर्नुपर्ने र यसका लागि सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार तत्काल सुरु गर्नुपर्ने आयोगको सुझाव छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स