वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार बैंकहरूको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ।
फागुनका लागि सार्वजनिक दरअनुसार बैंकहरूको औसत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो महिना ४.६८ प्रतिशत थियो।
माघ महिनामा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत बिन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशत बिन्दुले घटेको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकले माघ महिनाकै दरलाई निरन्तरता दिएका छन्। बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएका कारण ब्याजदर घटेको बताइएको छ।
ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको सो बैंकको अधिकतम दर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ।
फागुनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतम ५.१ प्रतिशत ब्याज दिनेछ।
सबैभन्दा कम अधिकतम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरूले अधिकतम ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।
संस्थागत मुद्दती निक्षेपमा भने सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर कायम छ, जुन हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले दिनेछन्।












![नन–लाइफ इन्स्योरेन्स क्षेत्रको भविष्य कता ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/2JJQ_wVJNzs-HD-1-150x150.jpg)



प्रतिकृया