करोडमा लिन्छन् वाणिज्य बैंकका सीईओहरुले तलब, बढी पारिश्रमिक लिने को ?

धिरज पौड्याल
धिरज पौड्याल
२०८१ फाल्गुन ९ गते
करोडमा लिन्छन् वाणिज्य बैंकका सीईओहरुले तलब, बढी पारिश्रमिक लिने को ?

नेपालको बैंकिङ क्षेत्र दिनानुदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ। वाणिज्य बैंकहरूले नाफा बढाउन प्रविधि, सेवा र विस्तारमा ठूलो लगानी गरिरहेका छन्। बैंकको रणनीतिक सञ्चालन र वित्तीय वृद्धिमा मुख्य भूमिका खेल्ने सीईओहरूको पारिश्रमिक पनि क्रमशः बढ्दै गएको देखिन्छ। हालै प्रकाशित बैंकहरुको बार्षिक प्रतिबेदन अनुसार, नेपालका वाणिज्य बैंकका सीईओहरूले करोडौँ रुपैयाँ पारिश्रमिक लिएका छन्। हामीले यस लेखमा धेरै पारिश्रमिक लिने ६ बैंकका सीईओको नाम उल्लेख गरेका छौ।

सबैभन्दा बढी पारिश्रमिक लिने सीईओ स्टान्डर्ड चाटर्ड बैंकका अनिर्भान घोष दस्तीदार हुन्। उनले वार्षिक ८ करोड ५१ लाख ९८ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन्।

1 https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

त्यसपछि एनआइएमबी बैंकका सीईओ ज्योति प्रकाश पाण्डे आउँछन्। उनले वार्षिक ४ करोड १२ लाख ४९ हजार रुपैयाँ पारिश्रमिक पाएका छन्। उनले तलब १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार रुपैयाँ, बोनस १ करोड ६ लाख, दशैँ भत्ता २२ लाख ३३ हजार रुपैयाँ र सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ पाएका छन्।

2 https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

तेस्रो स्थानमा प्रभु बैंकका सीईओ अशोक शेरचन छन् । उनले वार्षिक ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ पाएका छन्। उनको तलब ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, बोनस ३५ लाख ३४ हजार रुपैयाँ र दशैँ तथा बिदा भत्ता ४६ लाख ६७ हजार रुपैयाँ रहेको छ।

3 https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

चौथो स्थानमा  एनआइसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने छन्। उनले वार्षिक २ करोड ९८ लाख ६३ हजार रुपैयाँ पाएका छन्। यसमा तलब भत्ता २ करोड ४० लाख ७७ हजार ९६५ रुपैयाँ, बोनस ५५ लाख ३७ हजार रुपैयाँ, अन्य रकम १ लाख १७ हजार रुपैयाँ र अन्य सुविधा १ लाख २० हजार रुपैयाँ समावेश छ।

4 https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

पाँचौँ स्थानमा एनएमबी बैंकका सीईओ सुनिल केसी छन्। उनले वार्षिक २ करोड ४१ लाख ५८ हजार रुपैयाँ पारिश्रमिक पाएका छन्। उनले तलब ९० लाख रुपैयाँ, सञ्चय कोष ९ लाख रुपैयाँ, भत्ता ८५ लाख रुपैयाँ, बोनस ५७ लाख १३ हजार रुपैयाँ र अन्य विविध ४५ हजार रुपैयाँ पाएका छन्।

5 https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

छठौँ स्थानमा नविल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना छन्। उनले पारिश्रमिक वार्षिक २ करोड ३६ लाख ५ हजार रुपैयाँ पाएका छन्। यसमा तलब १ करोड ३२ लाख ५३ हजार रुपैयाँ र अन्य लाभ तथा सुविधा ९५ लाख ६७ हजार रुपैयाँ समावेश छ।

CEOs of Commercial Banks in Nepal and Their Salaries https://bajarkochirfar.com/commercial-bank-ceos-earn-salaries-in-the-millions-who-gets-paid-more-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स